शुक्रबार, जेठ ४, २०८१

सरकार अविलम्ब स्थानीय तह निर्वाचनको मिति घोषणा गर : गोकर्ण विष्ट

नेपालखोज २०७८ माघ १४ गते १४:२५

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको दाबी गरेका छन् । उनले आज सामाजिक सन्जालमार्फत स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताए ।

विष्टले संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा सरकार नै लागेको आरोप लगाए । उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न पनि आग्रह गरे । उनले भने, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।’

प्रतिक्रिया