शुक्रबार, जेठ ४, २०८१

उपत्यकाका सीडीओको बैठकमा जोरबिजोरबारे छलफल हुँदै

नेपालखोज २०७८ माघ १४ गते १५:०९

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका सीडीओहरु बस्न लागेका हुन् ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने बताइएको छ । जोरबिजोर प्रणालीले भीड जम्मा भएको भन्दै व्यापक जनगुनासो समेत आएको छ । जोरबिजोर व्यवस्थित हुन्छ वा हट्छ त्यो भने निर्णय हुन बाँकी छ ।

बैठकले कोरोना नियन्त्रण गर्न उचित निर्णय गर्ने जनाइएको छ । बैठकमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमितको संख्यालाई लिएर पनि छलफल हुने छ ।

प्रतिक्रिया