शुक्रबार, जेठ ४, २०८१

चौबीस घण्टामा थप ६ हजार ८२७ मा कोरोना, १० को मृत्यु

नेपालखोज २०७८ माघ १४ गते १६:४३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १९ हजार ८६९ जनाको नमुना परीक्षण गरिएको थियो । नेपालमा हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ पुगेको छ ।

प्रतिक्रिया