शुक्रबार, जेठ ४, २०८१

कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपालखोज २०७८ माघ १४ गते १८:४३

काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन समिति गठन गरेको हो ।

कार्यसम्पादन समितिमा कांग्रेसका पदाधिकारीहरु सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ । त्यसैगरी, केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय सदस्यहरु रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोईराला र चित्रलेखा यादवलाई पनि राखिएको छ ।

त्यस्तै डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोईराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, र रमेश रिजाललाई पनि समेटिएको छ । अन्य सदस्यहरुमा डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोईराला, एनपी साउँद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी हप्ता कांग्रेस कार्यसम्पादन समितिको बैठक बसि राष्ट्रिय राजनीति, निर्वाचनको विषय र पार्टीको आन्तरिक विषयहरुमाथि छलफल गरिने बताए । केन्द्रीय कार्यसम्पादन समितिको आगामी बैठकले सरकार सञ्चालनको सम्बन्धमा पार्टीको तर्फबाट सुझावहरु पनि दिने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया