बुधबार, वैशाख १९, २०८१

सन् २०२१ मा स्पेनको अर्थतन्त्र ५ प्रतिशतले बढ्यो

नेपालखोज २०७८ माघ १४ गते २१:५०

काठमाडौं । स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्यांक कार्यालयले सन्तोषजनक भनेको छ ।

सरकारले सन् २०२१ मा कुल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो ।

सन् २०२० मा स्पेनको कुल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९) का तुलनामो झन्डै ११ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया