शनिबार, जेठ ५, २०८१

हालखबर

डा. इन्दुल केसी २०७८ माघ १५ गते ८:०२

यो छत्तीस जातको अचम्मको फूलबारी
अनेकौ यहाँका चतुरहरुले अनेकौं फूल टिप्दै छन् ।
मलजल गोडमेल गरी स्याहार गर्ने
ती सोझा मालिलाई पत्तै भएन छ ।
यत्रतत्र बगर र नदी किनारहरुमा
चट्टानहरु र अनेकौं खानीहरु खोतलिँदै छ ।
चुरे-भावर र पहाडहरु छेद-विच्छेद गरी
कसैले शालिग्राम, कसैले गिटी बालुवा लुड्याउँदै छन् ।
पहाडमा पहिरो जाओस् के मतलब ?
नदीमा बाढी अवश्य गाउँघर नै बगाओस् के मतलब ।
चलाक चतुर माझीहरु आपसमा मिलेर
आ-आफ्नो जालैमा सुनको माछा पारेका छन् ।
हिजो आज अखबारमा खबर छापिँदै छन्
भ्रष्टाचारको सूचकांकमा नेपाल यथावत् छ ।
जताततै बिचौलियाहरुको बिगबिगी छ
धर्मशालाहरु होटेल चलाउने ठेक्कामा छन् ।
कोही बेश्यालय चलाउन नगर-बधुहरु बटुल्दै छन्
कोही जवान नेपालीलाई विदेश निर्यात गर्दै छन् ।
जताततै तस्करहरुको बिगबिगी छ ।
राज नेताहरु, प्रशासकहरु कानमा तेल हाल्दै छन्
-भक्तपुर

प्रतिक्रिया