बिहीबार, जेठ ३, २०८१

माइक्रोम्याक्सको इन नोट-टू

नेपालखोज २०७८ माघ १८ गते १३:३९

काठमाडौं । माइक्रोम्याक्सले आफ्नो नयाँ स्मार्टफोन इन नोट-टू सार्वजनिक गरेको छ । यो फोनको ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको भर्सनको अन्तर्राष्ट्रिय बजार मूल्य २२ हजारजति भएको बताइएको छ । यो फोन दुई कलर अप्सनमा उपलब्ध गराइएको छ भने यो एमोलेड डिस्प्ले, मिडियाटेक हिलियो जी-९५ चिपसेट तथा ५००० एमएएचको ब्याट्रीले सुसज्जित छ ।

स्पेसिफिकेसन्स
डिस्प्ले – ६.४३ इन्चको एफएचडी, एमोलेड, ६० हर्ज रिफ्रेस रेट ।
प्रोसेसर – मिडियाटेक हिलियो जी ९५ ।
र्याम – ४ जीबी ।
इन्टरनल स्टोरेज – ६४ जीबी ।
अपरेटिङ सिस्टम – एड्रोइड-११ ।
क्वाड रियर क्यामेरा सेटअप – ४८ एमपी (प्राइमरी) प्लस ५ एमपी (अल्ट्रा वाइड एंगल लेन्स) प्लस २ एमपी (डेप्थ तथा माइक्रो लेन्स),
फ्रन्ट क्यामेरा – १६ एमपी ।
ब्याट्री – ५००० एमएएच (३० वाटको फास्ट चार्जिङ सपोर्ट) ।
कनेक्टिभिटी – फोरजी एलटीई, वाईफाई, ब्लुटुथ, जीपीएस/ए जीपीएस, एनएफसी तथा यूएसबी टाइप-सी पोर्ट ।

प्रतिक्रिया