आइतबार, जेठ ६, २०८१

भोजभतेर गर्ने बेलायती प्रधानमन्त्रीले माफी मागे

नेपालखोज २०७८ माघ १८ गते १०:१६

काठमाडौं । लकडाउन उल्लंघन गर्दै भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनतासामू माफी मागका छन् । कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनका क्रममा उनले भोज आयोजना गरेका थिए ।

बेलायती प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधनको क्रममा माफी मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले आफूबाट गलत काम भएको भन्दै माफी मागका हुन् ।

उनले आयोजना गरेको भोजको विपक्षी नेता तथा जनताबाट पनि चर्को आलोचना भएको छ ।

प्रतिक्रिया