आइतबार, जेठ ६, २०८१

नयाँ ओमिक्रोन ओरिजिनल स्ट्रेनभन्दा संक्रामक

नेपालखोज २०७८ माघ १९ गते ११:०३

काठमाडौं । कोरोना महामारीका कारण अहिले संसारभर भय र आतंकको वातावरण छ । संसारका कैंयन् देश अहिले पनि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणसँग जुधिरहेका छन् । यसबीच एउटा नयाँ अध्ययनले के संकेत दिएको छ भने अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टको नयाँ रूप आफ्नो पहिलेको ओरिजिनल ओमिक्रोनभन्दा पनि तीव्र गतिमा फैलिरहेको छ ।

पहिलेका हल्का समस्याले भविष्यमा संक्रमणका विरुद्ध खासै सुरक्षा पनि प्रदान गर्न सक्दैनन् । शोधको निष्कर्षले ओमिक्रोन कोरोना महामारीको अन्त्य होइन भन्ने पनि देखाएको छ । कोभिड-१९ लाई इन्फ्लुएन्जा जस्तो एनडेमिक (Endemic) मानेर अघि बढनुपर्ने धारणा पनि संसारभर बलियो रुपमा अघि बढिरहेको छ ।

नयाँ ओमिक्रोन ओरिजिनल स्ट्रेनभन्दा संक्रामक
संसारभरका मानिसहरु कोरोना महामारीका कारण लगाइने प्रतिबन्धहरुबाट थाकिसकेका छन् । अहिले कोरोनाविरुद्धको खोप केही सुलभ भएको छ भने ओमिक्रोनको संक्रमणमा मृत्युदरसमेत घटेको छ । क्यालिफोर्निया युनिभर्सिटी सनफ्रान्सिस्कोका शोधकर्ताहरुको एक रिपोर्टअनुसार ओमिक्रोनको सामान्य रूपबाट ठीक भएकाहरु भविष्यमा पुन: यसको सिकार हुन सक्छन् । उनीहरु कोरोनाको विद्यमान तथा भविष्यमा आउने भेरियन्टहरुप्रति संवेदनशील हुन्छन् । अध्ययन रिपोर्टअनुसार कोरोनाको बुस्टर डोजबाट लगभग एकतिहाइ सुरक्षा प्राप्त हुन्छ । शोधकर्ताहरु भन्छन्- ओमिक्रोन प्रेरित प्रतिरक्षा कुनै अरु रोगजनक भेरियन्टको संक्रमण रोक्न पर्याप्त हुँदैन ।

ओमिक्रोनको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ

अध्ययनअनुसार ओमिक्रोनको नयाँ रुप मूल भेरियन्टको तुलनामा थप संक्रामक छ । ओमिक्रोनको बिए.टू सब भेरियन्टबाट संक्रमित करिब ४० प्रतिशत मानिसले आफ्नो घरका अन्य सदस्यहरुलाई पनी संक्रमित गर्ने सम्भावना हुन्छ । जबकि मूल ओमिक्रोनमा यस्तो सम्भावना ३० प्रतिशत जस्तो थियो । अध्ययनका क्रममा डेनमार्कका ८,५४१ घरबाट एकत्र तथ्यांकको विश्लेषण गरिएको थियो जो डिसेम्बर तथा जनवरीमा नयाँ सब-भेरियन्टको सिकार भएका थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ) ले गएको महिना बीए.वानलाई संसारभर फैलिएको प्रमुख भेरियन्ट मानेको थियो । यद्यपि ताजा रिपोर्टहरुले के देखाउँछन् भने ओमिक्रोनको नयाँ सब भेरियन्ट बीए.टू दक्षिण अफ्रिका, यूके, युरोपसहित एसियामा पनि तीव्र गतिमा फैलिरहेको छ ।

प्रतिक्रिया