सुनचाँदीकै भाउ बढ्यो

नेपालखोज २०७८ माघ १९ गते ११:४८

काठमाडौं । सुनचाँदी बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ बढेको छ । सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

यसैबीच, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार दुईसय ५५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने परिवर्तनका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ९७ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया