आगामी स्थानीय निर्वाचनमा प्रदान गरिने सुरक्षाका विषयमा छलफल
नेपालखोज
२०७८ माघ १९ गते १६:३८

काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ ।
आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो ।
बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । सुरक्षा निकायहरुबाट आवश्यक पृष्ठपोषण लिएर अगाडी बढिने पनि उनले उल्लेख गरे ।
बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया