चौबीस घण्टामा थपिए ३,६३७ संक्रमित, ७,५५५ जना डिस्चार्ज
नेपालखोज
२०७८ माघ १९ गते १६:४६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ र ५ हजार ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३२ जना गरि कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ७६४ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ७ हजार ५५५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । त्यस्तै, गत चौबीस घण्टामा थप ८ लाख १५ हजार ७९६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया