निर्वाचन आयोगले भनेको समयमा सरकारले निर्वाचन गर्नुपर्छ : केपी ओली

नेपालखोज २०७८ माघ १९ गते १६:५०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै स्थानीय तह निर्वाचन गर्नुपर्ने बताएका छन् । आज बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले निर्वाचन ओयोगले सिफरिस गरेको मितिमा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

ओलीले निर्वाचन कसैको इच्छाले वा गर्न मन लागेका समयमा गर्ने कुरा नभएको स्पष्ट पारे । उनले भने, ‘संविधानलाई मान्ने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई ध्यानकर्षण पनि गराएका हौं ।’

उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ सालको अन्तिममा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको आरोप लगाए । ओलीले २४ लाख खोप कहाँ पुर्याइयो भनेर समेत सरकारलाई प्रश्न गरेका छन् । उनले कठिन ढंगले ल्याइएको खोप हराउनु गम्भिर रहेको बताए ।

प्रतिक्रिया