‘सत्तारुढ गठबन्धन टुट्न दिँदैनौं’
नेपालखोज
२०७८ माघ १९ गते २१:४५

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया