बिहीबार, जेठ ३, २०८१

फेब्रुअरीमा लन्च हुने स्मार्टफोन

नेपालखोज २०७८ माघ २० गते १२:३४

काठमाडौं । २०२२ को फेब्रुअरीमा कैंयन् नाम चलेका कम्पनीको नयाँ स्मार्टफोन लन्च हुन गइरहेको छ । यसक्रममा सामसुङले आफ्नो फ्लेगसिप सिरिज ग्यालेक्सी एस २२ को लन्चिङ सुनिश्चित गरिसकेको छ । त्यसका अतिरिक्त रेनो ७ सिरिज, iQOO 9 सिरिज तथा मिड रेन्जमा वानप्लसको Nord 2 CE लन्च हुने लाइनमा छन् ।

सामसुङ ग्यालेक्सी एस २२
सामसुङको यो फ्लेगसिप सिरिजअन्तर्गत ९ फेब्रुअरीमा नयाँ स्मार्टफोन लन्च हुनेछ । यो सिरिजमा तीन किसिमका स्मार्टफोन ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ प्लस तथा ग्यालेक्सी एस २२ अल्टा लन्च हुने बताइँदै छ । सामसुङ इलेक्ट्रोनिक्स स्रोतलाई दाबी गर्दै जनाइएको समाचारअनुसार नयाँ ग्यालेक्सी एस-सिरिजमा Noteworthy फ्लेगसिप डिभाइस प्रयोग गरिएको हुनेछ । यो स्मार्टफोन सिरिजमा ग्यालेक्सी नोट सिरिजका फिचर्स दिइने पनि बताइएको छ । सामसुङले यो सिरिजमा S-Pen सपोर्टका साथ ग्यालेक्सी एस २२ अल्टा लन्च गर्न सक्छ ।

वान प्लसको स्मार्टफोन
वानप्लसले अफोर्डेबल स्मार्टफोनको परिचय बनाएको Nord CE को सक्सेसरका रूपमा Nord 2 CE लन्च गर्दै छ । यो फोन ११ फेब्रुअरीमा सार्वजनिक हुनसक्छ । यो फोन OPPO Reno 7 SE को रिमेक भर्सन पनि हुनेछ । यो हेन्डसेट Dimensity 900 प्रोसेसर तथा ६४ एमपी क्यामेराका साथ आउने बताइँदै छ ।

रियलमी ९ प्रो तथा ९ प्रो प्लस
रियलमीले हालै मात्र रियलमी-नाइन आई स्मार्टफोन लन्च गरेको छ भने यो कम्पनीले चाँडै दुई नयाँ फोन लन्च गर्दै छ । यसक्रममा रियलमी नाइन प्रो तथा नाइन प्रो प्लस यही महिना सार्वजनिक हुने बताइएको छ । यी दुवै स्मार्टफोन फाइभजी सपोर्टका साथ आउनेछन् । यसमा रियलमी नाइन प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य २४ हजारजति हुने अनुमान छ । रिपोर्टअनुसार यो फोन १५ फेब्रुअरीमा बजारमा आउन सक्छ ।

ओप्पोको रेनो सेभेन
ओप्पोले गएको वर्ष चिनियाँ बजारमा यो स्मार्टफोन सिरिज लन्च गरेको थियो । यो महिना ओप्पोले रेनो सेभेन सिरिजलाई दक्षिण एसियाली बजारमा उतार्दै छ । यो सिरिजमा अहिले दुईवटा नयाँ फोन रेनो सेभेन तथा रेनो सेभेन प्रो उपलब्ध हुनेछन् । यो फोनमा फाइभजी सपोर्टका साथ ३२ एमपीको सेल्फी क्यामेरा रहनेछ । उता प्रो भेरियन्टमा ५० एमपीको Sony IMX766 रियर सेन्सर उपलब्ध हुनेछ ।

आईक्यू ००९
आईक्यूले चीनमा आईक्यू ००९ सिरिज लन्च गरिसकेको छ भने चाँडै यो फोन अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध हुनेछ । यो सिरिजमा दुई स्मार्टफोन आईक्यू ००९ र आईक्यू ००९ प्रो आउनेछन् । आईक्यू ००९ स्मार्टफोनमा स्नेपडेगन ८८८ प्रोसेसर जडान गरिएको हुनेछ भने प्रो भेरियन्टमा स्नेपडेगन ८ जेन वान प्रोसेसर जडान हुने बताइएको छ ।

भिभो एक्स ८०
भिभोले एक्स ८० सिरिजअन्तर्गत दुइ स्मार्टफोन भिभो एक्स ८० तथा भिभो एक्स ८० प्रो लन्च गर्दै छ । भिभो एक्स ८० मा Dimensity ८००० प्रोसेसर जडान हुनेछ भने प्रो भेरियन्टमा Dimensity ९००० चिपसेट जडान हुनेछ । यद्यपि यसबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

सामसुङ ग्यालेक्सी ए-१३ फाइभजी
सामसुङले आफ्नो एट्री लेभल स्मार्टफोन ग्यालेक्सी ए-१३ फाइभजीलाई २०२१ मै अमेरिकी बजारमा लन्च गरेको हो । रिपोर्टअनुसार फेब्रुअरीमा यो फोन संसारका अरु देशमा पनि उपलब्ध हुन थाल्नेछ । यो स्मार्टफोनमा ६.५ इन्चको एलईडी स्क्रिन रहने बताइएको छ जसले ९० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ । यो फोनमा ५० एमपीको क्यामेरा, Dimensity ७०० प्रोसेसर तथा ५००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

सामसुङ ग्यालेक्सी ए ३३ फाइभजी
फेब्रुअरीमा सामसुङ ग्यालेक्सी ए ३३ फाइभजी स्मार्टफोन पनि लन्च हुन सक्छ । यो फोनमा ६.४ इन्चको फुल एलईडी तथा सुपर AMOLED स्क्रिन, ६ जीबी र्याम, ५००० एमएएचको ब्याट्री उपलब्ध हुनेछ । यसमा १५ वाटको फार्स्ट चार्जिङ जडान गरिएको छ । यो डिभाइस चार कलर अप्सन- ब्ल्याक, ह्‌वाइट, लाइट ब्लु तथा ओरेन्ज कलरमा बजारमा आउनेछ ।

प्रतिक्रिया