बिहीबार, वैशाख २०, २०८१

प्रदेश १ मा मन्त्रालय फुटाएर मन्त्रीको संख्या बढाइयो

आठ मन्त्रीको सपथ आज

नेपालखोज २०७८ माघ २३ गते ९:५६

विराटनगर । प्रदेश नंबर १ मा आठ जना मन्त्रीहरुलाई आज (आइतबार) शपथ गराईँदैछ । बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको बुझिएको छ । सत्ता साझेदार दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएको छ ।

मन्त्रालय फुटाइएसँगै संख्या पनि बढाइएको छ । यसभन्दा पहिले गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ पुर्याइएको थियो । अहिले फेरि एउटा थपेर १३ वटा पुर्याइएको छ । मुख्यमन्त्री राजेन्द्र राईले गत कात्तिक १६ गते पाँच सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

सात वटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि आज (आइतबार) थप ८ जना मन्त्री नियुक्तीसँगै सपथ गराउने तयारी भएको जनाइएको छ ।आज नेकपा एकीकृत समाजवादीबाट तीन र नेपाली कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट मन्त्री बन्ने दुई जनाले सपथ लिनेछन् ।

प्रतिक्रिया