शुक्रबार, वैशाख २१, २०८१

मन्त्री विकले क्रिकेट टोलीलाई भने- नेपाली वीरता सम्झिएर खेल्नु

नेपालखोज २०७८ माघ २५ गते १७:४६

काठमाडौं । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन आज ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरिएको हो ।

भर्चुअल माध्यमद्वारा आज युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमकाकारण नेपाल क्रिकेट संघले भर्चुअल माधयमद्वारा आज बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली आज राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तायारीमा छन् ।

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा यूएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ ।

छनोट अघि नेपालले ओमानमा चार देशीय टी– ट्वान्टी सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, यूएइ र ओमान रहेका छन् ।
खेलाडीलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपका लागि ग्लोबल छनौट भएर आउन शुभकामना दिएका छन् ।

नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री अथकले विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाली वीरता सम्झिएर खेल्न समेत मन्त्री अथकले खेलाडीलाई आग्रह गरेका छन् । खेलाडीहरुलाई उच्च मनोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।

प्रतिक्रिया