बिहीबार, जेठ ३, २०८१

परिवर्तनको संवाहक बन्दै रेडियो

नेपालखोज २०७८ फागुन १ गते ११:३८

काठमाडौ. । विश्व रेडियो दिवस आज (आइतबार) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ यो वर्षको दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।

नेपालमा पछिल्लो समय समाज परिवर्तन,विकासका लागि दबाब र रुपान्तरणमा रेडियोको भूमिका बढ्दै गएको छ । विभिन्न प्राकृतिक विपद्का बेला यसको महत्वपूर्ण भूमिका देखिएको छ । यस्तै सामान्य मोबाइलमा पनि सुन्न सकिने भएपछि रेडियोको पहुँचमा प्रायः अधिकांश मानिस छन् ।

रेडियो गाउँघर र दूरदराजमा बस्ने सर्वसाधारणका लागि निर्विकल्प सञ्चारको माध्यम बनेको छ । नेपालमा औपचारिक रुपमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियोको सञ्चालन गरिएको थियो । २०५२ सालदेखि एफएम प्रसारण सुरु भएपछि भने यसको प्रभावकाकारिता बढ्दै गएको छ ।

२०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउनेगरी नेपालमा कानुन बनेको थियो । इटलीका वैज्ञानिक जिमार्कोनीले सन् १८९५ मा रेडियो तरंग पत्ता लगाएर सर्वप्रथम रेडियोको आविष्कार गर्नुभएको थियो ।

प्रतिक्रिया