बिहीबार, जेठ ३, २०८१

कुस्मामा रक्तदान

नेपालखोज २०७८ फागुन १ गते १२:४१

कुश्मा, पर्वत । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले नियमित रक्तदान कार्यक्रमअन्तर्गत १६९औं पटकको रक्तदान गरेका थिए ।

पर्वतको कुश्मा नगरपालिका ५ , बडागाउँमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रांगणमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका उपाध्यक्ष वीरेन्द्र पराजुली अतिथि थिए । अतिथि पराजुलीले आफूले पनि ३५औं पटकको रक्तदान गर्नुका साथै रक्तदानबाट कोही पनि कमजोरी भइँदैन भन्ने तथ्यलाई साबित गर्न रक्तदानलगत्तै बञ्जिजम्प गर्नुका साथै कुश्मादेखि पोखरासम्म साइक्लिङ गरेका थिए ।

कार्यक्रममा सारेगमप लिटिल च्यामका अन्तिम पाँच प्रतियोगीमा पुग्न सफल अरुण सुनारको पनि सहभागिता थियो ।

प्रतिक्रिया