बिहीबार, जेठ ३, २०८१

एपीएफको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना

नेपालखोज २०७८ फागुन ३ गते ९:०५

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालाई दिइएको छ । यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि तिउसीनालाई जिम्मेवारी दिइएको हो ।

का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

प्रतिक्रिया