शनिबार, जेठ ५, २०८१

झर्रोवादी आन्दोलनका अगुवा तारानाथ शर्माको निधन

नेपालखोज २०७८ फागुन ३ गते १२:२५

काठमाडौं । साहित्यकार तारानाथ शर्माको निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको ८७ वर्षको उमेरमा आज (मंगलबार) बिहान घरमै निधन हो ।

शर्माको जन्म विसं १९९१ साल असार महिनामा इलामको बरबोटेमा जन्म भएको थियो । उनी झर्रोवादी आन्दोलन‘ का एक अगुवा मानिन्छन् । नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृतिका लेखकका रूपमा उनी चिनिन्छन् । उनी विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकका लेखक पनि थिए ।

शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दालगायत कृति चर्चित छन् । शर्मा २०२६ सालको मदन पुरस्कार विजेता पनि हुन् । शर्माको निधनले नेपाली साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

उनको पहिलो रचना २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित भएको थियो । दिवंगत शर्माका श्रीमती शान्ता शर्मा, छोराहरु अनलनाथ र सलिन छन् ।

प्रतिक्रिया