सोमबार, वैशाख २४, २०८१

समाज परिर्वतन गर्न बेटी पढाऔँ, बेटी बचाऔँ अभियान

नेपालखोज २०७८ फागुन ३ गते १८:०८

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत महत्वपूर्ण काम गर्दै आएको बताएका छन् ।

प्रदेश सरकार स्थापना गरेको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका बिकृति, बिसंगतिलाई अन्त्य गर्न सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरेको हो । समाजमा पछि परेका महिला, दलित उत्पीडितलाई मूल प्रवाहमा ल्याउन प्रदेश सरकारले काम गदैं आएको बताए ।

बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा सञ्चालन गरेर महत्वपूर्ण काम गरिएको उनले जानकारी दिए । मधेस प्रदेशका मुख्यमन्त्री राउतले भने, ‘निश्चित रुपमा समाजलाई रुपान्तरण गर्न सकिदैनँ । यहाँलाई थाहा होला, बेटी पढाऔँ, बेटी बचाऔँ अभियान हामीले शुरु गर्‍याै। छोरी शिक्षा विमाका कार्यक्रम ल्यायौँ बिचमा कोभिडको कारणले समय स्थगित रहेको थियो । अहिले सञ्चालन गर्ने क्रममा छौँ । साइकल वितरण गर्ने कार्यक्रम सञ्चालन गर्‍याैँ। लोकसेवाका कक्षा सञ्चालन पनि गर्‍याै।’

उनले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण गराउनु सरकारको उपलब्धी भएको उल्लेख गरे । मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत ल्‍याइएका नीति, कार्यक्रम र योजनालाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए । मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया