बिहीबार, जेठ ३, २०८१

मेन्तोमा कागती उत्सव ! (तस्बिरसहित)

नेपालखोज २०७८ फागुन ४ गते २०:२६

पेरिस । फ्रान्सको मेन्तो सहरमा प्रत्येक वर्षको फेब्रुअरीमा कागती महोत्सव मनाइन्छ । १५ दिन चल्ने यो उत्सवमा दुई लाखभन्दा बढी मानिस सहभागी हुन्छन् ।

फ्रान्सको दक्षिणमा अवस्थित एउटा सानो सहर हो मेन्तो जसको जनसंख्या करिब ३० हजार मात्र छ । यद्यपि यो क्षेत्रको अमिलो संसारभर प्रसिद्ध छ । कागती उत्सवका क्रममा यो सहर कागती र यस्तै अरु अमिला रसदार फलले भरिन्छ । यहाँ यति बेला चारैतिर कागती मात्र देखिन्छ ।

यो कागती उत्सव १९३४ मा नीस कार्निभलसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सुरु गरिएको थियो । त्यतिबेला नीस सहरको कार्निभल प्रसिद्ध भइरहेको थियो र मेन्तो सहरका मानिसलाई पनि के लाग्यो भने हामिले पनि आफ्नो सहरका लागि केही गर्नुपर्छ ।

पहिलो कागती उत्सव एक प्रदर्शनीका रूपमा आयोजित भएको थियो । स्थानीय होटेल मालिकहरुले होटेल मेन्तो रिभिएरा गार्डेनमा फूल र अमिला फलको प्रदर्शनी लगाएका थिए । उक्त पहिलो प्रदर्शनीको जिम्मा फ्रान्स्वा फेरीको काधँमा थियो र उनले सहरमा कागतीबाटै विशाल मूर्ति तयार गर्न लगाए जसको ठूलो प्रशंसा भयो । त्यसपछि नै यो सिलसिला सुरु भयो र अहिले पनि त्यहाँ कागती, सुन्तला तथा मौसम आदि बाट विशाल मूर्तिहरु तयार गरिन्छ ।

Fête du Citron - Wikipedia

यहाँ हरेक वर्ष ४०० भन्दा बढी मानिसले ३० फिट अग्ला मूर्ति तयार गर्छन् जसमा लगभग डेढ सय टन कागती, सुन्तला आदि प्रयोग हुन्छ । यो उत्सवका दौरान यहाँका होटेलहरु भरिभराउ रहन्छन् भने मानिसहरुले महिना दिन पहिलेदेखि नै होटेलको बुकिङ सुरु गरिसकेका हुन्छन् ।

यो फेस्टिभलको मुख्य आकर्षण परेड पनि हो जसमा नाच-गाना, कलाबाजी तथा करतबहरु देखाइन्छ भने कागतीका ठूला झाँकी निकालिन्छ । मेन्तो र त्यस वरिपरिको इलाकामा करिब १०० किसिमका फल फल्छन् तैपनि यहाँका मानिसहरु आफ्नो कागतीमा विशेष गर्व गर्छन् । यहाँ हरेक वर्ष १५० टन कागती उत्पादन हुन्छ । भनिन्छ यहाँको कागती बोटबाट सीधैं टिपेर खाँदा जुन स्वाद पाइन्छ त्यो स्वाद संसारभर कतै पाइँदैन ।
डीडब्ल्यू फिचर

File:Lemon Festival.jpg - Wikimedia Commons

प्रतिक्रिया