मंगलबार, जेठ १, २०८१

आईसीसी ग्लोबल छनोट : नेपालले आज ओमानको सामना गर्दै

नेपालखोज २०७८ फागुन ६ गते ७:०३

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ ।

नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ। छनोटको समूह ‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नेपाललाई घरेलु टोलीविरुद्ध जित निकाल्न सहज भने छैन । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ ।

छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया