बिहीबार, जेठ ३, २०८१

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भोल्टी कल निःशुल्क प्रदान गर्ने

नेपालखोज २०७८ फागुन ७ गते १:००

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको हो ।

यस बाहेक एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको जानकारी टेलिकमले दिएको छ । टेलिकमका अनुसार यो अफर शनिवार एक दिनका लागि मात्र उपलब्ध हुनेछ । टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र पाँच सय रुपैयााँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया