मंगलबार, जेठ १, २०८१

नेपाल टस हारेर ब्याटिङमा

नेपालखोज २०७८ फागुन ७ गते ११:५७


काठमाडौं । आइसीसी टी- ट्वन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले दोस्रो खेलमा फिलिपिन्ससँग खेल्दैछ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाली टिमको खेलमा आज दुई खेलाडी परिवर्तन गरिएको छ ।

गुलशन झालाई पहिलो पटक टिममा मौका दिइएको छ । उनको टी – ट्वन्टी आईमा यो डेब्यु खेल हुनेछ । विवेश यादवको स्थानमा कुशल मल्ललाई टिममा राखिएको छ । पहिलो खेलमा शरद भेषवाकर घाइते हुँदा उनको स्थानमा कुशललाई टिममा राखिएको थियो । आज कुशललाई पहिलो खेलमा सुरुवाती ११ मा रहेका विवेक यादवको स्थानमा मौका दिइएको छ ।

कुशल मल्ल ग्लोबल छनोटका लागि रिजर्भ खेलाडीका रुपमा थिए । शरद घाइते हुँदा प्रशिक्षक पुबुदुले उनलाई टिममा राखेका थिए ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो यता फिलिपिन्स क्यानडासँग एक सय १८ रनको भारी अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया