शुक्रबार, जेठ ४, २०८१

सन्दीपको पहिलो कप्तानी सफल, नेपाल दोस्रोपटक विश्वकप पुग्ला ?

नेपालखोज २०७८ फागुन १० गते १२:२६

काठमाडौं । नेपाली क्रिकेटको दुई संयोग एक महान लक्ष्य नजिक छ । पहिलो संयोग हो प्रशिक्षक पुबुदु दासानायाके दोस्रो कप्तान सन्दीप लामिछाने ।

प्रशिक्षक पुवुदुले नै नेपाललाई पहिलो पटक २०१४ मा नेपाललाई विश्वकप पुर्‍याएका थिए । त्यसको ८ वर्षपछि फेरी दोसो कार्यकालका लागि प्रशिक्षक बनेर आएका छन् पुबुदु । नेपाललाई पहिलो आधिकारीक प्रतियोगीतामै सेमिफाईनलमा पुगाउने रणनीति उनको सफल भएको छ । उनको अबको रणनीति मंगलबार युएईलाई पाखा लगाउने र नेपालको अष्ट्रेलियामा हुने विश्वकपका लागि यात्रा सुनिश्चित गराउने । यो लक्ष्य हासिल गर्न सके पुवुदु नेपाली किकेटका एउटा सर्वाधिक सफल र थप लोकपिय प्रशिक्षक बन्ने छन् ।

नेपाली राष्ट्रिय टोलीको नेतृत्व सन्दीपको काँधमा आएको छ । क्यानले अनपेक्षित रुपमा सन्दीप लामीछानेलाई कप्तान बनाएपछि खेलाडीहरु असन्तुष्ट थिए । यसले राजनीतिक तहमा पनि विवाद जन्मायो । तर क्यानले निर्णय फेरेन युवा कप्तान सन्दीप नै रहे । सहमति पछि सन्दीपकै कप्तानीमा खेल्न पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहितको टोली तयार भयो र प्रशिक्षणमा जुटे । नयाँ युवा कप्तान आफ्नो जिम्मेवारीमा सफल रहँदै अब एउटा कठिन खुड्किलो पार गर्नु पर्ने परीक्षाको बिन्दुमा छन । नेपाली टिमको बलिंङ र ब्याटींङ दुबै राम्रो रहेको सन्देश छ । टि–ट्वान्टीमा कुसल भुर्तेलको शतकले ब्याटींङ लाइनलाई राम्रो संकेत गर्छ ।

बलिंङमा पनि कमलसिंह ऐरी, सन्दीप लामीछाने , दिपेन्दसिंह ऐरी, जीतेन्द्र मुखिया, अभिनाश बोहरा जस्ता बलरले लगातार विकेट लिएर बिपक्षमाथि हाबी भईरहेका छन । यही सन्तुलनका कारण युएईविरुद्ध भोलि नेपालले जीत हात पार्ने अनुमान गरिएको छ । तर युएई बलियो टिम मध्यकै एक रहेकाले नेपालले सतर्कतापूर्वक दुबै पक्षमा बलियो उपस्थिति जनाउनु पर्नेछ ।

कप्तान सन्दीप लामीछानेले अब युएईविरुद्ध जिउ ज्यान लगाएर खेल्ने र विश्वकप खेल्ने योजना प्रस्तुत गरेका छन् । उनको टिमले त्यो सफलता हात पारेमा नेपाली क्रिकेटको अर्को नयाँ युग सुरु हुनेछ ।

यी फरक संयोग र लक्ष्यका बीच अब नेपालले युएई विरुद्धको खेलमा ध्यान दिनु उत्तम हुन्छ । चार देशीय श्रृखलामा नेपाल भर्खरै ओमनमा युएईसँग २५ रनले पराजीत भएको थियो । अब त्यसको बदला समेत लिएर नेपालले अर्को अष्टेलिया यात्रा सुनिश्चित गर्न पयास गर्ने छ ।

प्रतिक्रिया