शुक्रबार, जेठ ४, २०८१

विश्व कप क्रिकेट खेल्ने नेपालको सपना अधुरै !

नेपालखोज २०७८ फागुन १० गते १८:५८

काठमाडौं । नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुन असफल भएको छ । विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा यूएईसँग आज ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको छ ।

ओमानको अल अमेरातमा यूएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।

यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ सेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । आसिफ सेख र लोकेश बमले खाता खोल्न सकेनन् ।

यूएईका अहमेद राजाले ५ तथा जुनदे सिद्धिकीले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोब र रनोभेम्बरमा अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्व कप क्रिकेट खेल्न पाउने थियो । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया