बुधबार, जेठ २, २०८१

सर्वाधिक भिड हुने सहर

नेपालखोज २०७८ फागुन ११ गते १०:४७

काठमाडौं । टमटम ट्राफिक इन्डेक्सले संसारमा सर्वाधिक भिड हुने सहरको सूची जारी गरेको छ । २०२१ को यो सर्वेक्षणमा ५८ देशका ४०४ सहर सहभागी थिए । सूचीक‍ो सबैभन्दा बढी भिड भएका १० सहरमा रुसका ३ तथा भारतका २ सहर छन् ।

१. नम्बर दशमा छ भारतको कर्नाटक राज्यको राजधानी बेंगलुरु ।
२. नवौं नम्बरमा रूसको नोवोसीबिर्स्क सहर छ ।
३. रोमानियाको राजधानी बुखारेस्ट आठौं भिडयुक्त सहर हो ।
४. सात नम्बरमा छ रूसको सहर सेन्ट पिटर्सबर्ग ।
५. छैटौं स्थान प्राप्त गरेको छ युक्रेनको सहर ओडेसाले ।
६. पाँचौं नम्बरमा छ भारतको आर्थिक राजधानी मुम्बई । २०२०को यो सूचीमा मुम्बई दोस्रो स्थानमा थियो । यो सूचीमा बेंगलुरु र मुम्बईका अतिरिक्त भारतका अन्य दुई सहर- दिल्ली ११ नम्बरमा तथा पुणे २१ नम्बरमा छन् ।
७. चौथो नम्बरमा कोलम्बियाको राजधानी बोगोटा छ ।
८. तेस्रो नम्बरमा छ युक्रेनको राजधानी किव ।
९. दोस्रो नम्बरमा रूसको राजधानी मस्को छ ।
१०. टर्कीको सहर इस्तानबुल, यो वर्ष मस्कोलाई पछाडि पार्दै संसारको सर्वाधिक भिडयुक्त सहर भएको छ ।

प्रतिक्रिया