शुक्रबार, जेठ ४, २०८१

विश्वकप छनोट : तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

नेपालखोज २०७८ फागुन १२ गते ७:३४

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज ओमानको सामना गर्दैछ । ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो ।

ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया