शुक्रबार, जेठ ४, २०८१

‘ए’ डिभिजन लिग : १३औं चरणका खेलहरु आजबाट

नेपालखोज २०७८ फागुन १२ गते ७:४८

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३औं अर्थात् अन्तिम चरणको खेलहरु आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२औं स्थानमा रहेको छ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् ।

त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया