आइतबार, जेठ ६, २०८१

रुद्राक्षको उत्पति, प्रकार र लाभ

नेपालखोज २०७८ फागुन १८ गते ५:०१

रुद्राक्षको सम्बन्ध भगवान् शिवसँग छ । यसलाई निकै चमत्कारिक पनि मानिन्छ । भगवान् शिवको मन्त्र जपका लागि रुद्राक्षको माला नै प्रयोग गरिन्छ । रुद्राक्ष धारण गर्दा संकट समाधान हुनुका साथै दुख एवं ग्रह दोष हटने बिश्वास गरिन्छ । यसबाट सुख, समृद्धि, धन, सम्पति सबै प्राप्त गर्न सकिने मान्यता छ । यसलाइ धारण गर्ने पनि आफ्नै नियम छ ।

पौराणिक कथाअनुसार, एकपटक भगवान् शिव हजार वर्ष लाम‍ो साधनामा लिन थिए । एकदिन अचानक जब उनको आँखा खुल्यो तब आँसुको एउटा थोपा जमिनमा झर्यो । त्यसैबाट रुद्राक्षको उत्पत्ति भएको बताइन्छ । मानव कल्याणका लागि रुद्राक्ष चमत्कारी र प्रभावी मानिन्छ ।

रुद्राक्षका प्रकार
रुद्राक्षमा एकदेखि लिएर एक्काईसवटा सम्म मुख हुन्छ । यसमा ११ मुखे रुद्राक्षलाइ सर्वसिद्ध रुद्राक्ष मानिन्छ ।
-एकमुखे रुद्राक्ष : शिव स्वरुप
-दुईमुखे रुद्राक्ष : अर्धनारीश्वर स्वरुप
-तीनमुखे रुद्राक्ष : अग्नि एवं तेज स्वरुप
-चारमुखे रुद्राक्ष : ब्रह्म स्वरुप
-पाँचमुखे रुद्राक्ष : कालाग्नि स्वरुप
-६ मुखे रुद्राक्ष : भगवान् कार्तिकेय स्वरुप
-सातमुखे रुद्राक्ष : सप्तऋषिको स्वरुप
-आठमुखे रुद्राक्ष : अष्ट देवीको स्वरुप
-नौमुखे रुद्राक्ष : धन, सम्पत्ति, यश एवं कीर्ति का लागि धारण गरिन्छ ।
-दशमुखे रुद्राक्ष : नकारात्मक शक्ति बाट सुरक्षाका लागि
-एघारमुखे रुद्राक्ष : सर्वसिद्ध रुद्राक्ष , आत्मविश्वास वृद्धिका लागि
-बाह्रमुखे रुद्राक्ष : सफलताका लागि
-तेह्रमुखे रुद्राक्ष : सुखद वैवाहिक जीवनका लागि

आध्यात्मको संसार ईश्वरको उपासनामा मात्र सीमित छैन य‍ो कैयन् वैज्ञानिक महत्त्वका कुरासँग पनि गाँसिएको छ । उदाहरणका लागि निधारमा चन्दन लगाउँदा मस्तिष्क ठन्डा रहन्छ भने मन्दिरमा बालिने दियोले आसपासका किटाणु नष्ट हुन्छन् । यही कडीमा रुद्राक्ष पनि सामेल छ जसलाई मानिसहरु मन शान्त राख्न धारण गर्दछन् ।

पुराणहरुमा उल्लेख भएअनुसार रुद्राक्ष भगवान् शिवको अंश भएका कारण शुद्ध हुन्छ । मनको शान्ति र रिस माथि नियन्त्रणका लागि रुद्राक्ष धारण गर्ने सल्लाह दिइन्छ । रुद्राक्ष धारण गरेपछि यसलाई पवित्र राख्नु पनि उत्तिकै जरूरी छ । रुद्राक्ष धारण गरेर केही काम गरे यो अपवित्र हुने मान्यता छ र यसको परिणाम उल्टो पनि हुन्छ । त्यसैले यसको धारण सम्बन्धि केही नियम छन् जसको पालना अनिवार्य छ ।

यति बेला नलगाउनु रुद्राक्ष
धूमपानका साथै मदिरा सेवन गर्दा तथा मासु खाँदा रुद्राक्ष लगाउनु हुँदैन । यसको परिणाम नोक्सान दायक हुनसक्छ ।

सुत्दा पनि नलगाउनु
धार्मिक मान्यताअनुसार सुतेपछि शरीर अशुद्ध हुन्छ जसको असर रुद्राक्षको शुद्धतामा पनि पर्छ । त्यसैले सुत्नु पहिले रुद्राक्ष उतारेर मात्र सुत्नुपर्छ । रुद्राक्षलाई तकियामुनि राख्दा मन शान्त रहनुका साथै नराम्रो सपना पनि देखिँदैन ।

शवयात्राबाट परै होस् रुद्राक्ष
जानकारीको अभावमा केही मानिस रुद्राक्ष लगाएर शवयात्रा वा श्मशानघाट पुग्छन् । यसबाट रुद्राक्ष अशुद्ध हुन्छ जसको नकारात्मक असर यसलाई धारण गर्ने व्यक्तिको जीवनमा समेत पर्छ ।

नवजात शिशु र आमाबाट टाढै रहोस्
रुद्राक्ष लगाएर नवजात शिशु र सुत्केरी आमाको सम्पर्कमा जानु हुँदैन । त्यस्तो अवस्थामा रुद्राक्ष खोल्नुपर्छ । शिशुको नामकरणपछि भने यो नियम लागु हुँदैन ।

प्रतिक्रिया