पहाडी भू-भागमा आंशिक बदली, अन्य भू-भागमा मौसम सफा

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा आज मौसम सामान्यत: सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको पनि जनाएको छ ।
महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत छ।
राति भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी भोलि (शुक्रबार) दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ हल्का वर्षाको सम्भावना रहेको छ । राति भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।
यसैगरी पर्सि (शनिबार) दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ भने राति देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया