आइतबार, जेठ ६, २०८१

छि पूजा शर्मा छि, घिन लाग्यो !

नेपालखोज २०७८ फागुन १९ गते १३:१७

हाल बेलायतमा रहेका चितवनका बासिन्दा गीतकार तथा पत्रकार नृपेश उप्रेती लेख्छन्- पूजा शर्मामा अपरिपक्वता, चेतनाको अभाव र बौद्धिक दरिद्रता नभएको भए त्यसै प्रकाश सुबेदीले खेद्ने थिएनन्। हिजो उनको अनुहारको structure को बारेमा बोल्दा मैले उनको समर्थन र प्रकाश सुवैदीको खुबै आलोचना गरेको थिएँ। तर आज उनको मानसिक structure देख्दा दंग परेको छु। दया जागेको छ ।

उनलाई जसरी पनि आफ्नो फिल्म चलाउनु छ । रोएर कराएर हुन्छ या इमोसनल ब्ल्याकमेल गरेर । तर उनी एउटी नायिका मात्र हुन्। कानुन भन्दा माथि हैन । उनका रियल लाइफका हिरो पल शाह सिमानामा लड्दै गरेका योद्धा हैनन् । न देशको नाम उच्च बनाउन कुनै चमत्कारिक काम गरेका छ्न् । उनी एक आरोपित हुन् । र नाबालिगसँग काननुको दायराबाट बाहिर गएर शारीरिक सम्बन्ध बनाएको आरोपमा फरार हुँदै अहिले हिरासतमा पुगेका यौन दुराचारीका आरोपित हुन् । पल सही कि गलत भोलि कानुनले तय गर्ला । तर एउटा आरोपितको बचाउमा प्लेकार्ड र टिसर्ट लगाएर हिँड्नु कानुनी राज्य र समाजिक अवधारणाको खिल्ली उडाउनु र उपहास गर्नु हो । उनको यो हर्कत नैतिक र समाजिक अपराधको सूचीमा आउँछ । जसलाई नेपालको भूगोल थाहा छैन, उनले यस्ता संवेदनशील विषयमा यस्ता असंवेदनशील हर्कत गर्नु स्वाभाविक नै हो । तर दुर्भाग्य हामीले यिनलाई हाम्रो समाजको रोल मोडल मान्नु परेको छ ।

यिनी को ? अहिले नै न्यायाधीश बन्नु पर्ने ? पल निर्दोष छ/छैन सबुतका आधारमा कानुनले तय गर्छ । जाबो एउटा फिल्म चलाउनलाई एउटा नाबालिगको विरुद्ध बोल्ने अधिकार कसले दियो यिनलाई ? यिनको मस्तिष्कमा भुस भारिएको छ ? कसरी यस्ता तुच्छ अभिव्यक्ति दिन सक्छिन् ? एउटा आरोपितको बचाउमा । मान्छे आफ्नो हुन्छ अपराध हैन । यही नै एउटा सभ्य नागरिक र समाजको परिचय हो ।

यिनले त एक अन्तर्वार्ता यहाँसम्म बोलिन् ‘नाबालिगले आफ्नो उमेर हेरेर काम गर्नुपर्ने, कतिसम्म गर्नुपर्ने सोच्नुपर्ने थियो’ पूजा शर्मा तपाईंलाई नाबालिगको मतलब थाहा छ, निर्णय गर्ने क्षमता, अपरिपक्वता ? उमेरको अबोधपनाबारे थाहा छ ? juvenile psychology बारे केही थाहा छ ? त्यसैले संसारभरको कानुनले यो उमेरलाई प्रोटेक्ट गरेको छ। तपाईं यी कुराहरू त थाहा हुने कुरा भएन । तपाईंको बौद्धिक दरिद्रता प्रकाश सुवेदीले छताछुल्ल पारिसकेका छन् । कसरी भन्न सक्नुभयो यहाँले ‘पलले कपडा च्यातिदिने जबरजस्ती गरे जस्तो मलाई लाग्दैन, पल त्यस्तो क्यारेक्टरको मान्छे हैन ?’ यस्तो बोल्न तपाईंलाई लाज भएन । तपाईं भित्रको नारी मन मरिसकेको हो ? कि त्यो मन नै छैन ? भावनात्मक रूपमा बहलाएर फुसलाएर नाबालिगसँग शारीरिक सम्बन्ध बनाउनु अपराध हो। यो तपाईंको मस्तिष्कमा घुस्दैन। नाबालिगले हद पार गरे पनि सम्झाउने बुझाउने र अभिभावकको जिम्मा लाउने काम र कर्तव्य वयस्कको हैन ? कि मौकाको फाइदा उठाउने ? तपाईंको दिमागमा यस्ता कुरा घुस्दैन । किन कि पल त तपाईंको फिल्मको हिरो हो साथी हो ! केही दिन अघि भन्नु भएको थियो, पलको योगदानलाई हेरेर उसले गरेको सानोतिनो गल्ती माफ गरिदिनु पर्छ । ‘म्याम’ यो सानोतिनो गल्ती होइन साबित भए अपराध हो । तपाईले यो घटनापछि बलात्कारको परिभाषासम्म बुझेको छैन भन्नुभयो । तपाईंले बुझ्नुभएको के छ ? ठीक छ अभिनय गरेर राम्रो जीवनशैली व्यतीत गर्नुभएको छ । खुसी लाग्थ्यो। तर संवेदनशील विषयमा जथाभावी बोलेर तपाईंले जे गर्नुभयो त्यो क्षम्य छैन, यो पनि समाजिक अपराधको सूचीमा पर्छ । व्यक्ति हैन घटना हेर्ने मुलुकहरूमा तपाईं जस्ता कलाकार वाइकट गरिन्छ । कानुनी दायरामा ल्याइन्छ । तपाईंलाई कलाकारको महत्त्व गरिमा र सामाजिक उत्तरदायित्व केही थाहा रहेनछ । तपाईं नायिका हैन, खलनायिका हो । यो समाजको खलनायिका, हरेक नाबालिगहरूको खलनायिका । बस् यति भने छि पूजा शर्मा छि, घिन लाग्यो।

प्रतिक्रियाहरु :
पल लुगा च्यात्ने मान्छे होइन । लुगा नच्याती कसरी रेप हुन्छ ? पूजाले यसो भनेर आफ्नै बलात्कार पो हुन गएन र ?
राजेन्द्र थापा

पूजा शर्माको बुझाइमा बलात्कार हुनका लागि युवतीलाई बन्धक बनाएर, लुगा च्यातिदिएर, अझ चक्कुले ब्लाउजका हुक काटेर ब्हुहुहुहाहाहा गर्दै पान खाएर रातै भएका डरलाग्दा दाँत देखाएर-बलात्कारीले हाँस्दै युवतीलाई केहीबेर खेतैखेत लखेटेर ज्यान जोगाउन भाग्दै गरेकी केटी लडेपछी -गुण्डाले लछारपछार गरेपछी मात्र बलात्कार हुनेरैछ-त्यसमाथी लड्किले बचाओ बचाओ पनि भन्नपरो अरे !
-फिल्मी ह्याँङ बाट कहिले बाहिर निस्किन्छिन यि हिरोईन ?
दुर्गा पंगेनी

पूजा शर्मा न हिजो ठीक लाग्थिन् न अहिले। अहिले त झन घिन नै लागेको छ उनको हर्कत देख्दा ।
दीप मिलन

भगवानले जिब्रो दिए तर दिमाग दिएनन् ।
किरण ढुंगाना

नायिकामा यतिसम्म ग्वाँच त यिनै मात्रै होलिन् । जसको सोच्ने क्षमता जिरो छ, यस्ता लाई सपोर्ट गर्दिनुपर्ने ।
आदित्य शर्मा

पूजा शर्माको अभिव्यक्ति अपरिपक्व छ। एउटा सेलिब्रिटी भएर प्रमाणबिना बोल्नु हुँदैन भन्ने ज्ञान उनमा छैन । रहृयो अर्को कुरा सँगै फिल्ममा काम गरेको सँगै खाएको याद आएर भावुक बनेकी होलिन्, तर कलाकार र आमजनतालाई अलग-अलग कानुन हुँदैन, कानुन सबैलाई बराबर हुनुपर्छ । पल निर्दोष भए इज्जतसहित बाहिर आउनेछन् ।
रविन श्रीपाली

कानुनी राज्यमा कानुनकै धज्जी उडाउनेहरु जो सुकै किन नहोस् अपराधी ठहरिन्छन् । बलत्कार जस्तो जघन्य अपराधमा आरोपित ब्यक्ति जो सुकै होस् छानबिन अवस्य हुन्छ । कानुनले प्रमाणित गर्नेछ , सजाँयको भागिदार हुनेनै छ तसर्थ यस मामलामा न्यायधिश बन्ने अधिकार कसैलाई छैन । पुजा जवरजस्ति बनेकी कलाकार हुन न्यायधिश होईनन् ।
विनोदबाबु अधिकारी

बलात्कारीको बचाउमा लाग्नेहरु सबै (महिला होस या पुरुष) बलात्कारी नै हुन । बलात्कारी मानसिकता बोकेकाहरुले मात्र बचाउ गर्छन। आफ्ना स्वार्थको लागि पीडितलाई दोषी देख्छन । यहाँ पल भन्दा पनि चर्को बलात्कारीहरुको चर्तीकला देख्दा ठाउँको ठाउँ हतकडी लाएर कानुनी कारबाही गरियोस् भन्ने नलागेको कहाँ हो र ।
रचना मोक्तान यात्री

‘रिल लाइफ’का सबै हीरो ‘रियल लाईफ’का हीरो हुन्नन् तर तिनका प्रशंसकहरूमा तिनको अभिनयले सिर्जित गरेको नायकत्त्वको छायाँ हुने रहेछ। नेपालमा यसअघि कुनै पनि सिनेकलाकारबारे यस स्तरको जनचासो थिएन। यसघटनाले नेपाली चलचित्रकर्मीहरूको शयनकक्षसम्म जनताको चासो पुगेको छ। गसिप म्याग्जिनहरूलाई यसले राम्रो मसाला देला। झन् श्रृंखलाबद्ध अडियो प्रकरणले पललाई झनै चर्चाको शिखरमा पुर्याएको छ। सिनेमाका निर्माणपक्षले यो ममिलालाई गिजोल्न खोज्नुका पछाडि व्यापारिक स्वार्थ बढी छ जस्तो लाग्यो। कुनै पनि ‘कंट्रोभर्सी’ सिनेमा चलाउन कतिको कारगर सिद्ध हुन्छ भन्ने कुरा हेर्न हामीले भारतीय सिनेव्यापारीहरूका ‘स्टंन्ड ‘ हेरे पुग्छ। जसले सिनेमाका विवादास्पद विषयवस्तु नियतवश चुहाउँछन् र त्यसमा ठुलो विवाद सिर्जना गराउँछन्। यसले सिनेमाबारे ‘पब्लिक डोमेन’मा निःशुल्क चर्चा शुरू हुने र त्यसको असर सिनेमाको व्यापारमा पर्छ। त्यसमा पनि सिनेमामा संलग्न कलाकारहरूप्रति जनताको ‘इमोसन’ ‘क्यास’ गर्न सके कुरा नै के? यसमा कसैलाई आपत्ति नहोला। तर जसरी निज कलाकारले ‘माइनर’सँग राखेको सम्बन्धलाई सामान्य रूपमा हेरिंदैछ यसले नेपाली समाजको चिन्तनको सतह छताछुल्ल भएको छ। एकपल्ट ती महिलाको ठाउँमा आफ्ना छोरी चेली राखेर हेरे पनि के त्यो जमातको तर्क यस्तै होला र? फेरि यस प्रकारको काइते तर्कमा महिलाहरू नै अग्र मोर्चामा देखिनु पो अचम्मको छ।
भुवन बोहरा

अपराधी सावित नभएकै हतकडि किन लगाइयो यो देशमा कलाकारको सम्मान छैन भन्दै थिइन, यिनको मानसिकता विश्लेषण गरेर पनि काम छैन, कानुन त सबैका लागि बराबर हुन्छ, कलाकार हो भन्दैमा अपराधीको ट्याग लागेको मान्छेलाई फुलमाला सहित लैजानुपर्ने रे, दया लाग्छ, अझै यिनिहरुकै फ्यान रे हामी ।
विमला विकिरण

न पल शाह बलात्कारी साबित भएको छ,न समीक्षा नाबालिक भन्ने साबित भएको छ,अनुमानको आधारमा कसैलाई कसैले गिराउने र उचाल्ने नगरौं । पुजाले जे सोचिन,उनको दिमाले जे भन्यो ,उनलाई जे लाग्यो भनिन,हामी सबैले आफ्नो बिचार राख्ने हो,वकालत गर्ने र अनुसन्धान गर्ने हाम्रो काम होईन।यो लोकतन्त्रमा सबैले बिचार राख्न पाउँछ ,यसमा बहस गर्न जरुरी छैन।न्यायको लागि बोलौ,हिंसाको लागि बोलौ,सच्चाईको लागि बोलौ।कसैलाई किन यस्तो भनिस भन्न जरुरी छ र !
सिर्जना ढकाल

हो आरोप भए दोशी लाई कार्बाही गर्नु पर्छ,हुनुपर्छ । हो तिम्रो , मेरो घरमा पनि महिला दिदी बहिनी आमा छ्न तिमिले पनि यो लेखेर के नै जित्छौ र! तिम्रो सोच्ने क्षमता र दिमाग यदि बिकास भयेको भये यो पोस्ट नै गर्ने थियेनौ। यदि कुनै महिला पहिला सहमति मा सेक्स गर्छ र यदि पैसा को लोभले जे पनि षडयन्त्र रच्न सक्छ भने तिमी पहिला त्यो दिदीबहिनी लाई के नामले परिचय गराउदछौ ? पैसाको लागि आफ्नो स्वाभिमान इज्जत घर परिवार बाबू आमा दाजु कोहि नसझेर जे पनि गर्छ भने त्यस्ता महिलालाई यहि हाम्रो समाज ले बेस्या को उपनाम दिन्छ । यो पनि तिम्रो दिमाग मा हुनु पर्ने होइनर ? यदि पुजा ले जे बोलेको छ नि त्यो कुरा तिम्रो आमा दिदी बहिनि ले पनि समिक्षा लाई हेर्ने नजर नेगेटिभ छ भने के नाम दिन्छौ तिम्रो दिदी आमाहरु लाई हो त्यो पनि सोचेर लेख्ने गर ! होला पल को गल्ती होला !तिम्रो घरमा पनि त दिदी बहिनी आमाहरु ले समिक्षा लाई दोशी मानेका छ्न कि छैनन् त्यो पनि सोध !
अर्जुन चुँडाल

कुरा त सहि हो,गलत गर्नेले सजाय पाउनु पर्छ,केटा होस या केटि।आज सम्म चै अपराधी घोषणा गरि सकिएको छैन,अनुसन्धान कै क्रममा छ।आजै पल शाह बलत्कारी भन्न तपाइहरुलाई सायद अधिकार छ जस्तो मलाई लागैन है महोदय ,,थोरै धैर्य राखौ,,,मुख छ भनेर प्याच्च नबोलौ,,हजुर हरुलाई लाग्ला म पल को पक्ष्यमा भनेर,,कृपया म कानुनी राज्यको पक्षधर,,जे गर्छ कानुन ले गर्छ,,बस आशा गरौ,यो मुद्दाको सहि छानबिन होस,एक्दम धेरै षड्यन्त्र भाको मुद्दा छ,,,को गलत भनेर भनिहाल्न सक्ने अबस्था छैन ।
सुमन न्यौपाने

पल, पल भन्दा पहिले पनि लिबिङ टुगेदर गर्ने को रे ? ती मानिस, नाबालिकालाई सुपरभिजन बिनै कता कता पठाउने मानिसहरु, समिक्षालाई उकास्ने र समीक्षा सहित सबैलाई कानुनको कठघरामा उभ्याएर र छानबिन हुनु पर्छ जस्तो लाग्छ।
प्रकाश धमला

स्त्रीयां चरित्रं पुरुषस्य भाग्यं
दैवो नजानाती कुतो: मनुष्य।।
यो श्लोक वास्तबमै अहिलेको परिवेशमा मिल्दोजुल्दो भैराछ। सबै नारीहरु एकै हुदैनन् अनि सबै पुरुष पनि एकै हुदैन (सन्तान थरीथरीका)। तर स्त्रीका रुप भने अनेक हुन्छन् जति पुरुषका हुदैनन्। यहाँ को कसरी परिवर्तन हुन्छन् थाहा हुदैन कसैलाई ! पूजा , पल , समीक्षा , दुर्गेश आदि लगायत सबैले आ-आफ्नो रुप परिवर्तन गरेका छन्। साथी साथी रहेनन् , प्रेमी प्रेमी रहेनन् , प्रेमीका प्रेमीका रहेनन् , आखिर सम्बन्ध जे थ्यो त्यो भएनन् । दोषी को हो त अब ?
हामीले त अब केवल राम राम भन्ने हो ! बाँकी सब कानुनले भन्छ ।
रामकुमार रिमाल

प्रतिक्रिया