मारुती सुजुकीको नयाँ बलेनो, मूल्य कति ?

नेपालखोज २०७८ फागुन १९ गते १६:१७

काठमाडौं । मारुती सुजुकीले २३ फेब्रुअरीमै नयाँ जेनरेसनको बलेनो प्रिमियम ह्याचब्याक भारतीय बजारमा लन्च गरिसकेको छ । २०१५ मा पहिलोपटक बजारमा आएको बलेनो मारुतीका लागि आफ्नो सेगमेन्टको उत्कृष्ट कार हो । यो नयाँ बलेनोले टाटाको अल्ट्रोज, हुन्डाईको आई-२० तथा होन्डाको ज्याजलाई टक्कर दिने बताइएको छ ।

नयाँ बलेनोको अपडेटेड एक्सटिरियर तथा इन्टेरियरमा कैंयन् यस्ता फिचर उपलब्ध छन् जुन यो सेगमेन्टका अरु कुनै कारमा उपलब्ध हुँदैनन् । यी फिचरले ड्राइभिङ एक्सपिरियन्सलाई अझ राम्रो बनाउनुका साथै सेफ्टी र कन्फर्ट पनि बढाउँछन् ।

मूल्य
मारुती सुजुकी बलेनो ६.३५ लाख भारु (एक्स-शोरूम) मा लन्च भएको छ भने यसको टप भेरिएन्टको मूल्य ९.४९ लाख भारु छ ।

हेड-अप डिस्प्ले (HUD)
नयाँ मारुती बलेनोमा हेड-अप डिस्प्ले उपलब्ध गराइएको छ जसले सानदार ड्राइभिङ एक्सपिरियन्स दिन्छ । यो फिचरले स्पिडोमिटर, क्लाइमेट कन्ट्रोलजस्ता महत्त्वपूर्ण जानकारी विन्डस्क्रिनमै देखाउँछ ।

९-इन्चको स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम
मारुतीले पहिलोपटक आफ्नो कारमा २२.८६ सेमी (९-इन्च) को टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरेको छ । यो हाई-डेफिनिसन डिस्प्ले भ्वाइस असिस्टका साथ आउँछ । यसमा ARKAMYS को ‘सराउन्ड सेन्स’ म्युजिक सिस्टम उपलब्ध गराइएको छ ।

३६० भ्यु क्यामेरा
न्यु जेनरेसन बलेनोमा ३६० भ्यु क्यामेरा दिइएको छ । यो सेगमेन्टमा पहिलोपटक उपलब्ध गराइएको यो क्यामेराले उत्कृष्ट ड्राइभिङ अनुभव दिनुका साथै सुरक्षा र कन्फर्ट समेत बढाउँछ । यसको सहयोगमा साघुँरो ठाउँमा समेत सजिलै गाडी पार्क गर्न सकिन्छ भने यो हेभी ट्राफिकमा पनि निकै सहयोगी सिद्ध हुन्छ ।

एलेक्सा स्किलका साथ कनेक्टिभिटी फिचर
नयाँ बलेनोमा नेक्स्ट जेनरेसन सुजुकी कनेक्टको सुविधा उपलब्ध छ । यो सुजुकी कनेक्ट ऐप (स्मार्टफोन र स्मार्टवाच) र अमेजन एलेक्सा डिभाइसेजले गाडिको सेफ्टी-सिक्योरिटी, ट्रिप र ड्राइभिङ व्यवहार, स्टेटस-अलर्ट तथा रिमोट अपरेसनसमेत गरेर ४० भन्दा बढी फिचर समेटेको छ । यसको नयाँ सुजुकी कनेक्टले ओभरअल ड्राइभ क्वालिटी तथा सेफ्टी बढाउनेछ ।

सात भेरियन्ट
प्रिमियम ह्याचब्याक सेगमेन्टमा सबैभन्दा बढी बिक्ने यो कार केही समययता भारतमा लगातार टप फाइभ सेलिङ कारको सूचीमा रहँदै आएको छ । बलेनो फेसलिफ्ट सात भेरियन्ट सिग्मा, डेल्टा, डेल्टा एएमटी, जेटा, जेटा एएमटी, अल्फा तथा अल्फा एएमटीमा उपलब्ध हुन्छ । सिग्मा यसको बेस मोडल हो भने अल्फा एएमटी टप भेरियन्ट हो । यो कारको धेरैजसो भेरियन्टमा ६ वटा एयरब्याग दिइएको छ ।

केही नयाँ परिवर्तन
मारुती सुजुकीले बलेनोक‍ फेसलिफ्ट मोडलमा स्टाइलिङमा निकै मिहिनेत गरेको पाइन्छ । यसमा हनीकोम्ब प्याटर्न भएको नेक्सवेभ ग्रिल दिइएको छ जुन पहिलेको तुलनामा चौडा छ । यसमा क्लेमसेल बोनट, री-प्रोफाइल्ड बम्पर, न्यू फग लाइट हाउजिङ आदि पनि उपलब्ध हुन्छ । मारुतीले य‍ो म‍ोडलमा आर्कटिक ह्‌वाइट, स्पलेन्डिड सिल्भर, ग्रेन्डयोर ग्रे, नेक्सा ब्लु, ओप्युलेन्ट रेड तथा लक्स बिज कलर अप्सन दिएको छ भने यसमा नयाँ स्टियरिङ ह्‌विल खास रुपमा डिजाइन गरिएको छ ।

प्रतिक्रिया