प्रभु बैंकको लोन सुविधा, सजिलै २ लाखसम्म पाइने

काठमाडौं । प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै ग्राहकका लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकका ग्राहकले आफ्नो मोबाइलमा रहेको प्रभु मोबाइल बैंकिङ सफ्टवेयरको माध्यमबाट आफूलाई आवश्यक परेको जुनसुकै बेला सजिलै दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने भएका हुन् । यो सुविधा हालका लागि बैंकमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
यो सुविधा उपभोग गर्न प्रभु बैंकका ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ सफ्टवेयरबाट फोनलोनका लागि अनुरोध गर्न सक्नेछन् । फोनलोनका लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधाअन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुनेछ ।
यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनुपर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारका लागि बैंकमा उपस्थित हुनुपर्ने झन्झटको अन्त्य हुनेछ । बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिन सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया