महिन्द्रा केयर फेस्ट २०२२ आयोजना हुँदै

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । महिन्द्रा केयर फेस्ट यही फागुन २२ गतेदेखि फागुन २७ गतेसम्म आयोजना हुनेछ ।
यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेक अप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपाभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यस केयर फेस्टमा सहभागी हुन सक्ने छन् ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दे आईरहेको केयर फेस्टमा यस पटक पनि अघिल्ला वर्षहरुमा झैं ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।
साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रिनम्बरहरु १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया