पेट्रोलको मूल्य प्रतिलिटर १५० कायम, एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत

काठमाडौं । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढाएको छ ।
वृद्धि भएको मूल्यसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखेको निगमले जनाएको छ ।
एलपी ग्यासमा प्रति सिलिण्डर ६६५.३४ पैसा घाटा हुँदासमेत हाललाई बिक्री मूल्य नबढाई यथावत राखिएको निगमले जनाएको छ । भने हवाई इन्धनको मूल्य पनि यथावत राखिएको छ । यस मूल्य समायोजन पछि पनि निगमलाई १५ दिनमा २ अर्व ५० करोड घाटा हुने दाबी गरिएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा निगमलाई करिब ४.५ अर्व अपुग हुने अवस्था देखिएकाले नेपाल सरकारको मातहतमा रहेको मूल्य स्थिरिकरण कोषबाट उपलब्ध गराउने निगमले आशा व्यक्त गरेको छ ।


प्रतिक्रिया