आइतबार, जेठ ६, २०८१

गौतम बुद्धका केही महान् भनाइ !

नेपालखोज २०७८ फागुन २० गते ५:००

१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो । साथै शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

२. शान्ति मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् । यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

३. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ । जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

४. एक जग पानी थोपा–थोपा मिलेर भरिन्छ । अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालो हुन्छ ।

५. प्रयोग नगरुन्जेलसम्म तपाईंले बोलेका, सिकेका र पढेका वाक्य बेकार हुन्छन् । जुन बेला तपार्इंले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
६. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो । भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन, तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

७. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ । हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

८. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन । जो मुर्ख साचो धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।

९. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो । हामी जे सोच्छौँ त्यहि बन्छौँ ।
१०. सबैभन्दा अध्याँरो रात अज्ञानता हो । खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

प्रतिक्रिया