आइतबार, जेठ ६, २०८१

राष्ट्रियसभाका एक तिहाइ सदस्यहरुको पदावधि आज सकिँदै

नेपालखोज २०७८ फागुन २० गते ९:१३

काठमाडौं । राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदावधि आज (शुक्रबार) देखि सकिने भएको छ । राष्ट्रियसभा सदस्यहरूको चार वर्षे पदावधि समाप्त भएको हो ।

२०७४ फागुन २१ निर्वाचित भएका १९ र राष्ट्रपतिले मनोनित गरेका एक जनाको पदावधि आज सकिँदैछ । पदावधि सकिनेहरुमा उपाध्यक्ष शशिकला दाहाल, रामनारायण बिडारी, राधेश्याम अधिकारी, कोमल ओली लगायत छन् ।

प्रतिक्रिया