बिहीबार, असार १९, २०८२

सर्वोच्चमा आजदेखि संवैधानिक इजलास बस्दै

नेपालखोज २०७८ फागुन २० गते ९:५२


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज (शुक्रबार) बस्ने भएको छ । लामो समयदेखि बस्न नसकेको संवैधानिक इजलास आजदेखि तोकिने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक विचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उनले तोकेको पेसी बहिस्कार गरेपछि इजलास बस्न सकेको थिएन ।

संवैधानिक इजलासमा आज पेसी तोकिने र सुनुवाइ हुनेछ । तत्कालीन केपी शर्मा ओली सरकारले गरेको विघटन बदर गरेपछि संवैधानिक इजलास विवादित हुँदै आएको थियो ।

प्रधानन्यायाधीश राणा पनि विवादित थिए । कामु प्रधानन्यायाधीश दीपक कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएका छन् । निर्देशनसँगै संवैधानिक प्रश्नसँग जोडिएका चार सयभन्दा धेरै मुद्दा सुनुवाइमा जाने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया