सोमबार, जेठ १४, २०८१

सामाजिक सन्जालबाट भ्रामक सूचना फैलाए कारवाही गर्ने प्रहरीको चेतावनी

नेपालखोज २०७८ फागुन २० गते १७:२८

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै साइबर ब्यूरोले युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गरिने समेत जनाएको छ ।

विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई समेत प्रभावित गर्ने उदेश्यबाट भ्रामक सूचना फैलाएको आरोप प्रहरीले लगाएको छ । यस्ता क्रियाकलापले समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल् पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन् गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया