सोमबार, जेठ १४, २०८१

नेपाल पूर्वाधार पत्रकार समाज गठन, यस्तो छ ११ सदस्यीय कमिटी

नेपालखोज २०७८ फागुन २० गते १७:४५

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । जीवन बस्नेत (नयाँ पत्रिका) को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।

उपाध्यक्षमा सुनीता कार्की (अन्नपूर्ण पोस्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सह–सचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमान्डू) रहेका छन् । त्यस्तै, सदस्यहरूमा क्रमशः विमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टीभी), दीपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुंगाना (अर्थ टिभी), सञ्चिता घिमिरे (राष्ट्रिय समाचार समिति) छन् । संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता गरिएको छ ।

पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरुलाइ संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर संस्था दर्ता गरिएको हो । ‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरुको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उदेश्य हो,’ नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भने, ‘विकास निर्माणका विभिन्न क्षेत्रहरु छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’

प्रतिक्रिया