शुक्रबार, जेठ ११, २०८१

फर्मा एक्स्पोको आठौं संस्करण बैशाख ९ देखि हुने

नेपालखोज २०७८ फागुन २० गते २१:०८

काठमाडौं । नेपाल फर्मा एक्स्पोको आठौं संस्करण आगामी बैशाख ९ गतेदेखि हुने भएको छ । नेपाल औषधी उत्पादक संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख ९ गतेदेखि ११ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा फर्मा एक्स्पोको आठौं संस्करण गर्न लागेको जानकारी दिएको हो ।

नेपालमा औषधी उत्पादन क्षेत्रले अङगाल्दै आएका ज्ञान तथा प्रविधीको विस्तार गर्ने अभियान सहित हुन लागेको एक्स्पोमा औषधी उत्पादनसँग सम्बन्धि एक सय वटा कम्पनीले स्टल राख्ने संघले जनाएको छ । ती मध्य नेपालीको ४० र १ सय २० वटा विभिन्न बहुराष्ट्रिय कम्पनीले स्टल राख्ने जनाएको छ ।

एक्स्पोका स्टलहरु औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुसँग सम्बन्धित हुने संघले जनाएको छ । तीन दिनको अवधिमा करिब १५ हजार जनाले एक्स्पो अवलोकन गर्ने पनि संघले अनुमान गरेको छ ।

संघले प्रत्यक दुई दुई बर्षमा फर्मा एक्स्पो गर्दै आए पनि कोभिड–१९ महामारीका कारण भने गत बर्ष स्थिगित गरिएको थियो । काठमाडौं बाहिर दोश्रो पटक हुन लागेको एक्स्पोमा सहभागी हुने वेबसाइट www.nepalpharmaexpo.org.np मा गएर भिजिटर रजिस्ट्रेसन गर्न सक्ने व्यवस्था गरिएको पनि संघले जनाएको छ ।

साथै, रजिस्ट्रेसन भिजिटर मध्यबाट ५ जनालाई सरप्राइज उपहार प्रदान गर्ने पनि जनाएको छ । संघले यस पटकको एक्स्पोमा बिभिन्न ठाउँ बाट आवतजावत गर्नको लागी सटल बस, फुड कोर्ट, पार्किङलगायतको व्यवस्था गरेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया