शनिबार, वैशाख २२, २०८१

‘थाहा छैन- त्यो दिन आउँछ वा आउँदैन पनि…’

दिनेश अधिकारी २०७८ फागुन २१ गते ११:३७

तुलसी घिमिरेका परिचयका धेरै पाटाहरु छन् । साह्रै नै साँगुरो पारेर भन्नु पर्‍यो भने तुलसी घिमिरे नेपाली चलचित्र जगतका अत्यन्तै कुशल चलचित्र- निर्देशक हुन् । वि.सं. २००८ साल असार ३१ गते भारतको कालिङपोङमा जन्मिएका उनले बाँसुरी, कुसुमे रुमाल, दक्षिणा, दर्पणछायाँ, चिनो, लाहुरे, दुई थोपा आँसु, देवता, बलिदान, रहर, दर्पणछायाँ-२ लगायत करिब दुइ दर्जन नेपाली चलचित्र निर्देशन/निर्माण गरेका छन् ।

लामै समयदेखिको चिनाजानी र एकाधपटक सहकार्यको खोजी गरिएको भए पनि आजसम्म हामीबीच प्रत्यक्ष सहकार्य भने हुन सकेको छैन । थाहा छैन- त्यो दिन आउँछ वा आउँदैन पनि ! त्यो अर्कै पक्ष हो । म उहाँको निर्देशन- कलाको सधैं प्रशंसक रहिआएको छु र उहाँको निरन्तर सक्रियताको कामना गर्दछु ।

तुलसी घिमिरेसँगको यो पहिलो तस्बिर २०५४ पुसमा काठमाडौंमा खिचिएको हो भने दोस्रो तस्बिरचाहिँ तुलसी घिमिरेद्वारा नै निर्देशित साबु गदालसमेतले निर्माण गरेको चलचित्र ‘दर्पणछायाँ २’ को प्रथम प्रदर्शनको अवसरमा २०७३ फागुन २७ गते काठमाडौंमा खिचिएको हो ।

No description available.
No description available.

प्रतिक्रिया