शुक्रबार, जेठ ११, २०८१

समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा ५ सय रुपैयाँबराबरको सपिङ सपिङ भौचर

नेपालखोज २०७८ फागुन २१ गते १४:४१

काठमाडौं । बिजबजार, आरकेडी होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालित ई–कमर्स प्लेट फर्म हो । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिज बजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता भएको छ । सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिज बजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा तीन सय रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको दुई सय रुपैयाँबराबरको सपिङ भौचर प्रदान गर्नेछ भने एक वर्षका लागि एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकलाई बिजबजारको पाँच सय रुपैयाँबराबरको सपिङ भौचर प्रदान गर्नेछ ।

समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताएका छन् । साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकामा खुसीसमेत व्यक्त गरेका छन् । उक्त अवसरमा बिजबजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारका रूपमा लिएको र समृद्धि फाइनान्स र बिज बजारले सहकार्य गरी दुवै पक्षका लागि उपयोगी हुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको बताए ।

साथै, उनले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित साथै डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्दे अघि बढ्ने कुरा बिजबजारले जनाएको छ ।

प्रतिक्रिया