कर्मचारीलाई कार्कीले भने- महत्त्वाकांक्षालाई थाती राखेर देशको हितमा काम गर्नू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनमा आज कार्कीले संघीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको बताए ।
उनले कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताए । उनले भने, ‘निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु ।’
सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु ।’
सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्त्वाकांक्षालाई थाती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह समेत गरे । समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया