रुसले सिरियाबाट भाडाका लडाकु भर्ती गर्न थाल्यो
गोलाबारीमा फस्दा हजारौं युक्रेनी मानवीय संकटमा

मस्को । मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको छ । युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् ।
तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् । उनीहरू युक्रेनमा खटिने तयारीमा छन्। युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन्।
यसैबीच, युक्रेनको राजधानी किएभ नजिकैको ध्वस्त शहरबाट भाग्ने क्रममा सर्वसाधारणको मृत्यु भएको छ ।
रुसी फौजको गोलाबारीबीच युक्रेनको ईपीन शहरबाट भाग्ने क्रममा एकै परिवारका तीनजना मोर्टार आक्रमणमा परेर मारिएका छन्।रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फस्दा मानवीय संकट गहिरिँदै गएको छ । रुसले अतिक्रमण गरेयता १५ लाखभन्दा बढी युक्रेनीले देश छोडिसकेका छन् ।
रुसी फौजहरूले अगाडि बढ्ने क्रम जारी राखे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङटनस्थित सैन्य स्रोतहरूले जनाएका छन् । फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी शहरहरूमा मानवीय सहायता र्पुयाउन दिने प्रयासमा रुसी एवं युक्रेनी नेतासँग कुराकानी गरेका छन् ।
प्रतिक्रिया