बुधबार, जेठ १, २०८२

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७८ फागुन २३ गते १५:०३

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका अनुसार पञ्चरौता ८, बारा घर भई हाल काठमाडौंको महाराजगन्ज बस्ने बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी राम एकवाल चौधरीलाई आइतबार लाजिम्पाटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई आज (सोमबार) फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार चौधरीउपर २०७७ चैत २१ गतेको फैसलाले आठ लाख ७५ हजार रुपैयाँ जरिवाना र चार दिन कैदको सजाय हुने ठहर भएको थियो । सोपश्चाात फरार रहेका उनलाई महाशाखाले फागुन २२ गते आइतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया