बुधबार, जेठ १६, २०८१

परराष्ट्रमन्त्री डा. खड्का आज टर्की जाँदै

नेपालखोज २०७८ फागुन २४ गते ८:२२

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदैछन् । यही मार्च ११-१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनी टर्की जान लागेका हुन् ।

टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहने छ ।

प्रतिक्रिया